काठमाण्डौ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली स्वदेश फिर्ता भएका छन्।
काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा अलपत्र परेका थिए।
साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न पुगेका उनीहरूले आवश्यक सेवा सुविधा र सम्झौता अनुसार काम नपाएर अलपत्र परेका थिए। उद्दारको लागि अन्नपूर्णकर्मी, नेपाली दूतावास, लगायत विभिन्न निकायलाई अनुरोध गरेका थिए ।
साउदी जान उनीहरूले प्रतिव्यक्ति १ लाख पचास हजारदेखि २ लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएका थिए । आफूहरु अलपत्र परेको सुचना नेपाली दूतावास रियादमा १४ नोभेम्बर २०२२ का दिन जानकारी दिएका थिए ।
दूतावासमका अनुसार पिजन मेनपावरले कामदार माग प्रमाणीकरणमा २ वर्ष भिसा भनी डकुमेन्ट संकलन गरेको थियो। तर, मेनपावरले नेपालबाट भिजिट भिसा जारी गरेको पाइनुको साथै भिसा स्टामिङमा टेम्पोररी भिसा लेखिएता पनि वैदेशिक रोजगार विभागले कामदार भिषा भनी श्रम स्वीकृति दिएको थियो ।
भिजिट भिसा ३ अथवा ६ महिनाको भएता पनि कम्पनीले १ वर्षसम्म वर्किङ भिसा भनी काममा लगाएको थियो।