गाजामा इजरायली हवाई आक्रमणमा परी ३४ जनाको मृत्यु

न्युजलय ३ मङ्सिर २०८१, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौं । गाजाको बेत लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी हालसम्म ३४ जनाको मृत्यु भएको छ । स्थानीय नागरिक सुरक्षा निकायले सो जानकारी दिएको बीबीसीले जनाएको छ ।

एएफपीले एजेन्सीलाई उद्धृत गर्दै आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा सात जना घाइते भएका छन् ।

इजरायली सेनाले हमासलाई पुनः संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ। इजरायली आक्रमणका कारण विगत पाँच हप्तामा १.२५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।