काठमाण्डौ । फिलिपिन्समा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालक दलका सदस्य जोएल मार्टिन र अस्ट्रेलियाका प्राविधिक सल्लाहकार साइमन चिपरफिल्ड र कार्ती सन्थानम रहेका छन् ।
उनीहरूको शव माउन्ट मेयोन ज्वालामुखीमा भेटिएको थियो ।