एजेन्सी । स्वर्ग जान पाइने आशमा केन्यामा मर्नेको संख्या २०१ पुगेको छ ।
यस हप्ताभर अधिकारीहरूले अवशेषहरूको खोजीमा जंगलमा छरिएका चिहानहरू खन्ने र बाँचेकाहरूका लागि क्षेत्रको खोजी गरिरहेका छन् । सयौं मानिसहरू अझै बेपत्ता भएका कारण खोजी गरिएको बताइएको छ ।
संसारको अन्त्य हुनु अघि स्वर्गमा जान पाइने भन्दै गुड न्युज इन्टरनेसनल चर्चका नेता पाउल म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई आफ्ना छोराछोरी र आफैलाई भोकै मर्ने आदेश दिएका थिए । उनका अनुसार अप्रिल १५ मा यस्तो भविष्यवाणी गरेका थिए । ट्याक्सी चालकबाट प्रचारक बनेका उनी पक्राउ परेका छन् ।