खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाको सिम्पानी बजार र इन्द्रेणीपोखरी बजारबाट करिब ७४ हजार रुपैयाँको अखाद्य वस्तु बरामद भएको छ ।
बिहीबार इलाका प्रशासन कार्यालय खोटाङले अनुगमन गर्दा म्याद गुज्रेर अखाद्य भइसकेका दैनिक उपभोग्य वस्तुलगायत सामाग्री बरामद गरेको हो ।
सिम्पानी बजारमा विभिन्न किसिमका जुस, बिस्कुट, मसला, तिल, दालमोड, नुडल, मरिच धुलोलगायतका ६७ हजार चार सय ६९ रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । त्यस्तै, इन्द्रेणीपोखरी बजारमा सिरम तेल, चिया, धुलो खुर्सानी, कोक, चकलेट, सेकुवा मसला, बिर्यानी मसला लगायतका सात हजार एक सय ४० गरी ७४ हजार छ सय नौ रुपैयाा बराबरका अखाद्य सामग्री बरामद भएको छ ।