काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।
हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।
आगलागीपछि हजारौं पर्यटक र स्थानीय मानिसहरूलाई अस्थायी आश्रयमा सारिएको छ ।