हमासद्वारा इजरायलका दुई वृद्धा रिहा, गाजामा अझै २२० जना बन्धक

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०९:४८ मा प्रकाशित

काठमाडौं । हमासले सोमबार राति दुई इजरेली बन्धक महिलालाई रिहा गरेको छ । 


हमासका लडाकुहरूले किबुट्ज बिरीबाट अपहरण गरेका ७९ वर्षीय नुरित कुपर र ८५ वर्षीय योचेभ लिफसिट्जलाई रिहा गरिएको हो । 


दुवै महिलालाई मानवीय र स्वास्थ्य कारणले रिहा गरिएको हमासले बताएको छ । इजरेल र हमासबीचको युद्धको आज १८ औँ दिन हो । इजरेलले हमासले करिब २ सय २० जनालाई बन्धक बनाएको बताएको छ ।