मदिरा, बियर, सुर्ती र चुरोटमा भन्सार महसुल बढ्यो

न्युजलय १६ जेठ २०८२, बिहिबार ०५:५८ मा प्रकाशित

काठमाडौँ । सरकारले मदिरा, बियर, सुर्ती र चुरोटजस्ता स्वास्थ्यमा हानि पुर्‍याउने वस्तुहरूमा भन्सार महसुल दर बढाएको छ ।


बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती वस्तुहरूको आयातमा लाग्ने भन्सार शुल्कमा वृद्धि गरिएको जानकारी दिएका हुन्।


मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरिएको छ, मन्त्री पौडेलले भने, स्वास्थ्य जोखिम करको दायरा पनि विस्तार गरेको छु।