काठमाडौँ । सत्ताको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा दलितसँग माफी मागेको छ । सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा बोल्दै माफी मागेका हुन् ।
उनले अब दलितले जातका नाममा अपमान व्यहोर्नुनपर्ने बताए । ‘म संसदबाटै प्रतिबद्धता जनाउन चाहन्छु । अब दलितहरूले जातका नाममा अपमान व्यहोर्नु पर्नेछैन,’ लामिछानेले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको जनमत सरकार चलाउनका लागि मात्र नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको प्रतिविम्ब भएको बताए। ए।