काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्
पक्राउ पर्नेमा सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारी छन्।
अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट रु ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट रु ९३ लाख, डिल्लीमानले दुई जनाबाट रु १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट रु १२ लाख २५ हजार र नमूनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट रु पाँच लाख ५० हजार ठगेका थिए।