सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते

न्युजलय २४ बैशाख २०८३, बिहिबार ०१:१३ मा प्रकाशित

काठमाडौं । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

दुधौली नगरपालिका–१ राँगे स्थित मदन भण्डारी राजमार्गमा म. प्र. ०३–००१ च ८२०२ नम्बरको पिकअप भ्यान दुर्घटना भएको थियो । उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो ।

भ्यान चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।