ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

न्युजलय १० मङ्सिर २०७९, शनिवार १२:३१ मा प्रकाशित

काठमाडौं । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । 

शुक्रबार  भएको उक्त घटनामा परी ११ जना गम्भीर घाइते भएको बताइएको छ । ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। 

अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको  देखिएको छ  ।  यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ ।

सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो शहर अराक्रुजमा  सो आक्रमण भएको थियो।