काठमाडौं । गायिका इन्दिरा जोशीले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प फोटोसुटका आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।
जुम्ल्याहा सन्तानको प्रतीक्षामा रहेकी उनले गर्भावस्थाको अनुभव खुलाउँदै लामो भावुक टिप्पणी पनि लेखेकी छन् ।
उनले अघिल्ला पुस्ताका महिलाहरूले यस्ता कठिनाइबारे धेरै नबोलेको भन्दै महिलाले आफ्ना अनुभव खुला रूपमा साझा गर्नुपर्ने आवश्यकता पनि औंल्याएकी छन् ।
उनले अहिले गर्भावस्थाको तेस्रो त्रैमासिक चरण आफूका लागि सहज र सुन्दर बनिरहेको बताएकी छन् ।
इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग सन् २०२३ मा विवाह गरेकी थिइन् ।