काठमाडौं । जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएका प्रहरीले भनेको छ ।
आगो निभाइएको तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ । प्रहरीका अनुसार घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ। विहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए ।
सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो । करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए ।