काठमाडौं । पाकिस्तानको हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको खोश्त र कुनार प्रान्तमा आक्रमण भएको हो ।
खोश्तका एक शीर्ष अधिकारी शाबिर अहमद उस्मानीले पाकिस्तानी हवाई हमलामा ४१ जना सर्वसाधारणको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खोस्तका अन्य दुई अधिकारीले पनि मृत्यु भएको पुष्टि गरेका छन् ।
मन्त्रालयका अनुसार विगत केही महिनादेखि पाकिस्तानले तालिवान सरकारलाई पाकिस्तान-अफगान सीमा क्षेत्र सुरक्षित गर्न बारम्बार आग्रह गरेको छ।