काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।