अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्दा २ प्रहरीसहित ६ जनाको मृत्यु

न्युजलय २७ मङ्सिर २०७९, मङ्गलबार ०८:०३ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो ।


सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो ।


प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबारको उक्त घटनालाई अष्ट्रेलियाका लागि ‘हृदयविदारक दिन’ भनेका छन् । 


घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।