मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

न्युजलय १५ मङ्सिर २०७९, बिहिबार ०८:३१ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । मारिनेमा अधिकांश युवा छन् ।

एक प्रान्तीय अधिकारीले इस्लामिक धार्मिक विद्यालय अल जिहाद मदरसामा विष्फोट भएको पुष्टि गरे । बारम्बार हताहतको तथ्यांक घटाउने तालिबानले १० विद्यार्थीको मृत्यु भएको र कयौँ घाइते भएको जनाएको छ ।