काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।
फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ ।
यसैसाता जारी विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य र गायन प्रस्तुत गरेकी थिइन् ।