कोरोना महामारी प्रोटोकल खुकुलो बनाएसँगै चीनमा हवाइ उडान बढ्यो

न्युजलय २७ मङ्सिर २०७९, मङ्गलबार ०८:५० मा प्रकाशित

बेइजिङ । चीनमा कोरोना महामारी प्रोटोकललाई केही खुकुलो बनाएसँगै हवाइ उडानमा वृद्धि भएको छ। 

 

चीनको राजधानी बेइजिङका दुई विमानस्थलमा केही दिनयता उडानको संख्यामा वृद्धि भएको हो। 


चीनको नागरिक उड्ययन प्रशासनको उत्तरी क्षेत्रीय प्रशासनका अनुसार केही दिनमै सन् २०१९ को तुलनमा हवाइ उडान ७० प्रतिशतले वृद्धि हुने देखिन्छ। 


यही डिसेम्बर ७ मा महामारी नियन्त्रणका लाग चीनले नयाँ प्रोटोकल जारी गरेको छ। 


प्रशासनका अनुसार शुक्रबार १६९ प्रतिशत, शनिबार १०० प्रतिशत र आइतबार ६३ प्रतिशतले उडानमा वृद्धि भएको देखिन्छ। 


उडानलाई पहिलेकै अवस्थामा सञ्चालन गर्नका लागि तयारी गरिरहेको प्रशासनले जनाएको छ।