चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको मृत्यु

न्युजलय १४ मङ्सिर २०७९, बुधबार ०२:४२ मा प्रकाशित

काठमाण्डौ । चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको बुधवार मृत्यु भएको छ । 

उनलाई रक्त क्यान्सर भएको थियो र शरीरका अनेकौं अंगले काम गर्न छोडेपछि शांघाईमा उनको मृत्यु भएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । 

सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपतिका रूपमा उनले शासन चलाएका थिए ।