काठमाडौं । दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाले ज्यान गुमाएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै राष्ट्रपति सिरिल रामफोसाले बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रहसमेत गरेका छन्।
चर्चको भाषणको क्रममा राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा बाढीले ग्रस्त मानिसहरूका लागि प्रार्थना गर्न आह्वान गरेका हुन्।
दक्षिणपूर्वी तटीय शहर डर्बान र वरपरका इलाकाहरूमा विपत्ति आएको ५ दिनपछि पनि उद्धारकहरूले दर्जनौंको खोजी कार्य जारी राखेका छन्। अहिलेसम्म ३९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ।
रामफोसाले बाढी प्रभावित क्षेत्रमा पुगी केटाकेटीलगायत १० जना सदस्य गुमाएको परिवारका सदस्यलाई भेटी समवेदना प्रकट गरेका हुन्।
यो साता आएको बाढीले करिब ४१ हजार मानिसलाई प्रभावित बनाएको छ।