काठमाण्डौ । हलिउडका प्रख्यात कन्ट्री सिंगर को ३७ वर्षको उमेरमा निधन भएको छ ।
विवाहको केहि घण्टा नबित्दै उनी संसारबाट विदा भएका छन् । नोभेम्बर २६ मा उनले विवाह गरेका थिए । त्यहि दिन सुतेको समयमा उनको निधन भएको हो ।
फ्लिन्टको मृत्युको कारण अहिले थाहा भएको छैन । गायकको अचानक भएको निधनले उनकी श्रीमती ब्रेन्डा र उनका परिवारका सदस्यामा ठुलो ब्रजपात पर्न गएको छ । गायक फ्लिन्ट ओक्लहोमामा बसोबास गर्थे ।
फ्लिन्टको निधनको पुष्टि उनको पब्लिसिस्ट क्लीफ डोयलले गरेको हो । नोभेम्बर २६ मा ब्रेन्डा फ्लिन्टसंग विवाह गरेको केही घण्टामा नै उनले संसारबाट विदा लिएका थिए ।