काठमाडौं । सरकारले मास्केबारी अपडेट गर्नु नपर्ने नीति ल्याएको छ । चार महिनामा करको विवरण अपडेट गर्दा हुने भएको छ ।
साना करदाताको लागि आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ।
यसअघि हाल हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था रहेको थियो। कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ।