असारभित्रै कार्यक्रम कार्ययोजना बनाएर कात्तिक भित्र ठेक्का लगाइने

न्युजलय १५ जेठ २०८०, सोमबार ०६:०५ मा प्रकाशित

काठमाडौं । सरकारले असारभित्रै विकास योजना तयार पारी कात्र्तिकभित्र ठेक्का लगाउने भएको छ । 


अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवबाट पूर्वतयारीका काम सम्पन्न गरी खरीद योजना भएका आयोजना मात्र ठेक्का सम्झौता गरिने बताएका छन् । काात्तिक भित्र ठेक्का नलगाए बजेट रोक्का गरिने उनले बताए ।


मन्त्रालयगत बजेट सीमा दिइसकेपछि विनियोजन विधेयकका सिद्धान्त फागुन मसान्त भित्रै प्रस्तुत गर्ने नीति लिइने बताए । 


नियमित अनुगमन गर्ने भन्दै उनले कार्यक्रम कार्यान्वयन गर्ने साउन मसान्त भित्र कार्ययोजना लागु गर्ने नीति पनि सरकारले लिने भएको छ । स्रोत साधन छर्ने प्रवृत्ति निरुत्साहित गर्ने, विस्तृत सम्भाब्यता अध्ययनसहित पूर्वतयारी सकिएका आयोजना मात्र बजेटमा समावेश गरिने उनले बताए ।


वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा यकिन गर्ने काम एकै पटक सम्पन्न गर्ने र प्रतिवेदन ३० दिन भित्र निर्णय लिनु पर्ने गरी नीति लिइएको छ ।