५ प्रतिशतले बढेर १९ खर्ब ६४ अर्बको बजेट घोषणा

न्युजलय १६ जेठ २०८२, बिहिबार ०५:५५ मा प्रकाशित

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 


अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। 


चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ । चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।