काठमाडौं । भारतको दक्षिणी राज्य तामिलनाडुमा शनिबार आएको ‘मान्डुस’ नामक चक्रवातका कारण रूख ढल्दा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
चक्रवातसँगै भारी वर्षा भएको उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
आँधीका कारण १८१ वटा झुपडीमा क्षति पुगेको छ । चक्रवातका कारण चेन्नईमा ४०० भन्दा बढी रूख उखेलिएको तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बताए ।
स्टालिनले प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। उनले बढी प्रभावित चेन्नईको कासिमेडु क्षेत्रमा राहत सामग्री र खाना वितरण गरेका छन् ।
चक्रवात शुक्रबार अबेर राति तमिलनाडुको तट पार गर्दै प्रतिघण्टा ७५ किलोमिटरको गतिमा आएको थियो ।
चक्रवात अहिले कमजोर भएर निकै कमजोर भइसकेको छ ।