आगालागी हुँदा एकै परिवारका ६ जनाको जलेर मृत्यु

न्युजलय १४ मङ्सिर २०७९, बुधबार १२:१७ मा प्रकाशित

काठमाण्डौ ।  भारतको उत्तरप्रदेशमा विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको प्रहरीले बताए । 

आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै  घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका  कार्य थाल्न निर्देशन दिएको थियो । 

उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।