काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् महसुल समय र खपतका आधारमा फरक हुने घोषणा गरेका छन् ।
सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरकफरक बनाउने घोषणा गरेको हो । विहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र समयका आधारमा विद्युत महसुल फरक फरक पारिने जनाएका छन् ।