अन्तिम दुई वर्षको कर तिरे पुराना सवारी साधनको लगत कट्टा हुने

न्युजलय १६ जेठ २०८२, बिहिबार ०५:४९ मा प्रकाशित

काठमाडौँ । चालु अवस्थामा नरहेका वा ३० वर्षभन्दा पुराना सार्वजनिक तथा निजी सवारी साधनको लगत कट्टाका लागि अन्तिम दुई वर्षको मात्र आयकर तिर्ने व्यवस्था गरिएको छ। बाँकी समयको कर छुट हुने सरकारको घोषणा छ।


बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था सार्वजनिक गरेका हुन्।