इटहरी, धरानलाई यो वर्ष बजेट थप, विराटनगरलाई भने घटाइयो

न्युजलय १६ जेठ २०८०, मङ्गलबार ०५:३० मा प्रकाशित

इटहरी । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकारले कोशी प्रदेशका स्थानीय तहहरूमध्ये विराटनगरलाई बढी बजेट छुट्याएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत विराटनगरले १ अर्ब १९ करोड २४ लाख रुपैया पाएको छ ।


चालू आर्थिक वर्षमा भन्दा महानगरले पाएको यो बजेट अढाइ करोडले कम हो । चालु आर्थिक वर्षमा १ अर्ब २१ करोड ८५ लाख रुपैया पाएको थियो ।


यसैगरी दोस्रो ठूलो बजेट इटहरीले पाएको छ । इटहरी उपमहानगरपालिकाले १ अर्ब ८ करोड ४९ लाख रुपैया पाएको छ । चालु आर्थिक वर्षभन्दा इटहरीले १३ करोड रुपैया बढी बजेट पाएको हो । चालु आर्थिक वर्षमा ९५ करोड २३ लाख रुपैया मात्र बजेट पाएको थियो । 


यस्तै त्रियुगा नगरपालिकाले यो वर्ष पनि तेस्रो ठूलो बजेट पाएको छ । उसले पनि चालु आर्थिक वर्षभन्दा १६ करोड रुपैया थप गरी १ अर्ब २ करोड ५ लाख रुपैया पाएको छ । चालु आर्थिक वर्षमा यो रकम ८६ करोड ५ लाख रुपैया मात्र थियो ।


यसैगरी मेचीनगरले चौथो ठूलो बजेट ९१ करोड ५५ लाख रुपैया पाएको छ । चालु आवभन्दा यो ८ करोड रुपैया बढी हो । चालु आर्थिक वर्षको लागि ८३ करोड ५८ लाख रुपैया पाएको थियो । 


यता धरान उपमहानगरपालिकाले यो वर्ष पनि पाँचौ ठूलो बजेट पाएको छ । धरानले ९० करोड २ लाख रुपैया बजेट पाएको हो । चालु आर्थिक वर्षमा धरानले ८३ करोड ४ लाख रुपैया पाएकोमा यो वर्ष ७ करोड रुपैयाले बढी रकम पाएको हो ।


गाउँपालिकामध्ये धेरै कमललाई, थोरै धर्मदेवीलाई

झापाको कमल गाउँपालिकाले गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी बजेट पाएको छ । उसले ४६ करोड ३६ लाख रुपैया पाएको हो । यसैगरी संखुवासभाको धर्मदेवी नगरपालिकाले नगरपालिकाहरुमध्ये सबैभन्दा कम ३१ करोड ८६ लाख रुपैया मात्र पाएको छ । जिल्लाकै मादी नगरपालिकाले दोस्रो कम बजेट ३२ करोड २ लाख रुपैया पाएको छ ।