काठमाण्डौ । पाकिस्तान र अफगानिस्ताबीच सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ।
पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
यस हमलापछि जारी गरिएको एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगान सुरक्षा बलले उत्तेजना आएर हमला गरेको आरोप लगाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज साबेरले यस हमलामा एक अफगान सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन् ।
दुई पक्षबीचको वार्तापछि घटनास्थलमा स्थिति सामान्य भएको फागनका सरकारी अधिकारी नूर अहमदले जानकारी दिएका छन् ।
रोयटर्सका अनुसार पाकिस्तानी सुरक्षा बलले अफगान सुरक्षाकर्मीलाई अफगान क्षेत्रको सीमामा नयाँ चेकपोस्ट निर्माण गर्नबाट रोकेपछि दुई पक्षबीच झडप भएको हो।