फिलिपिन्समा बाढी र पहिरोबाट ५९ जनाको मृत्यु

न्युजलय ३० चैत २०७८, बुधबार ०६:५३ मा प्रकाशित

फिलिपिन्स । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । मृत्यु भएको ५९ मध्ये ४ जना बालबालिका रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।


मृत्यु भएका बालबालिकाहरुको अवशेष डरबन नजिकैको क्लेरमन्टमा दक्षिण अफ्रिकाको युनाइटेड मेथोडिस्ट चर्चका रहेको अधिकारीहरुले बताएका हुन् ।

 

कीर्तिमानी वर्षाले आएको बाढी र पहिरोले दक्षिण अफ्रिकी सहर डरबन  र वरपरका क्षेत्रहरूलाई ध्वस्त पारेको छ । 


उक्त क्षेत्रका बसिन्दाहरुले भत्किएका घरहरूमा आफ्नो मान्छेहरु खोज्ने क्रममा  कम्तिमा ५९ जनाको मृत्यु भयो र धेरै संख्यामा मान्छेहरु बेपत्ता भएको बताइएको हो ।


उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका  छन् ।   


‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।