इटहरी । सरकारले कोशी प्रदेशमा किराँत साँस्कृतिक सर्किट बनाउने भएको छ ।
लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायत स्थानहरू समेटेर किराँत सांस्कृतिक सर्किटको निर्माण गर्ने भएको हो । आगामी आर्थिक वर्षको बजेट भाषणमा सर्किट निर्माण गर्ने घोषणा गरेको हो ।
यसका साथै हिन्दू साँस्कृतिक सर्किट र बुद्ध सर्किटसमेत बनाउने घोषणा गरेको छ । जनकपुरधाम, पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ लगायतका धार्मिक स्थल समेटेर हिन्दु साँस्कृतिक सर्किट बनाइनेछ । यस्तै लुम्बिनी र अन्य बौद्ध धार्मिक स्थल समेटेर बुद्ध सर्किट विकास गर्ने भएको छ ।
यस्तै सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्र, मधेश प्रदेशको मिथिला क्षेत्र र बाजुराको बडिमालिका क्षेत्रलाई ‘खुल्ला सांस्कृतिक सङ्ग्रहालय’ को रूपमा विकास गर्ने घोषणासमेत गरेको छ ।
यसैगरी पाथीभरा, हलेसी, तुवाचुङ, चतरा–बराहक्षेत्रको विकास गर्न बजेट विनियोजन गरेको छ ।
यसैगरी ताप्लेजुङदेखि दार्चुलासम्म ग्रेट हिमालयत ट्रेलसमेत बनाउने भएको छ ।