काठमाण्डौ । इन्डोनेसियाको माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखीको वार्निङ स्टाटस उच्च रहेको अधिकारीहरुले बताएका छन्।
ज्वालामुखी विस्फोट भएको क्षेत्रबाट करिब दुई हजार जनालाई स्थान्तरण गरिएको छ। मानिसहरुलाई विस्फोट क्षेत्रबाट करिब ८ किलोमिटर टाढा बस्न भनिएको छ।
ज्वालामुखी विस्फोटबाट ६ वटा गाउँहरु प्रभावित भएका छन्।