काठमाण्डौ । मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।
सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो ।
कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई बढावा दिएको अधिकारीहरूले बताएका छन् ।