कर्मचारी चढेको बसमा विस्फोट, ७ कर्मचारी मारिए

न्युजलय २० मङ्सिर २०७९, मङ्गलबार ०१:१३ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त विस्फोट भएको हो ।

विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।