फेरी ल्याइयो सांसद विकास कार्यक्रम : हरेक निर्वाचन क्षेत्रलाई ५ करोड

न्युजलय १५ जेठ २०८०, सोमबार ०७:५४ मा प्रकाशित

काठमाडौं । यो पटकको बजेटमा फेरी पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याइएको छ । चौतर्फी आलोचनापछि हटाइएको उक्त कार्यक्रमलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्यूँताएका हुन्।


उनले हरेक निर्वाचन क्षेत्रका लागि आगामी आव २०८०/८१ को बजेटमार्फत ५ करोड रुपैयाँ विनियोजन गरेका छन्।


‘जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,’ महतले भने, ‘यस कार्यक्रममा एउटा कार्यक्रमका लागि न्यूनतम १ करोड रुपैयाँ विनियोजन हुने गरी सडक, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोट गरिनेछ।’


उक्त कार्यक्रमका लागि अर्थमन्त्री महतले ८ अर्ब २५ करोड रुपैयाँ छुट्याएका छन्।