काठमाडौ । नेपाल सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेका हुन् ।
औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले जानकारी दिए।
उनले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भनेसँगै सांसदहरु हाँसेका थिए भने अर्थमन्त्री पनि हाँसेका थिए ।
सांसद शेरबहादुर तामाङ र काठमाडौंका पूर्व मेयर केशव स्थापितले लामो समयदेखि गाँजा खेतीका लागि लबिङ गर्दै आएका थिए ।