डिजिटल भुक्तानीमा भ्याट हट्यो

न्युजलय १६ जेठ २०८२, बिहिबार ०८:१६ मा प्रकाशित

काठमाडौं । डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज भएको छ । योसँगै डिजिटल कारोबारको केही मात्रामा सस्तो हुने भएको छ ।


आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा भ्याट खारेज गरेको हो । डिजिटल भुक्तानीमा हाल १३ प्रतिशत भ्याट लागेपछि सेवा शुल्क महँगिएको थियो ।