बेइजिङ । चीनको मेनल्याण्डमा ४१६८ कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
साथै २७ हजार ४३३ जना लक्षणविहीन संक्रमित भेटिएका छन्। शनिबार ३ हजार ३४१ जना कोरोना संक्रमित निको भएका छन्।
हालसम्म ५ हजार २३५ जनाको कोरोनाको कारण ज्यान गएको छ।