काठमाण्डौ । कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबमा आज सार्वजनिक बिदा दिइएको छ।
साउदी अरबका राजा सलमानले निर्देशन जारी गरेर बुधबार सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्।
मंगलबार भएको खेलमा अर्जेन्टिनाविरुद्ध साउदी राष्ट्रिय टोलीको शानदार जितको खुसीको अवसर मनाउन त्यहाँका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको सिफारिस अनुसार बिदा दिने निर्णय गरिएको हो ।
कतारको लुसेल रंगशालामा भएको खेलमा ग्रिन फाल्कन्सले फुटबलका सुपरस्टार लियोनल मेसीको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।