फिलिपिन्समा बाढीले जीप बगाउँदा आठजनाको मृत्यु

न्युजलय २५ मङ्सिर २०७९, आइतबार ०१:३७ मा प्रकाशित

काठमाण्डौ । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रुवहाक जीप बगाउँदा पाँच वर्षीया बालिकासहित आठजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२५ यात्रु सवार जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो । तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुखले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । 

दुर्घटनामा परी ज्यान गुमाउने सातजना ६० वर्ष नाघेको र एकजना घाइते भएको उनले बताए ।