खुल्यो साउदीको मक्का र मदिना

न्युजलय ३० असोज २०७८, शनिवार ०१:५८ मा प्रकाशित

एजेन्सी । साउदी अरबको मक्का र मदिना आइतबारदेखि पूर्ण रुपमा खुल्ने भएको छ । सामाजिक दूरीको नियम पनि हटाउने त्यहाँको सरकारले निर्णय गरेको छ ।

तर साउदी सरकारले कोरोना भाइरस भ्याक्सिनको दुवै मात्राको खोप लगाइसकेकालाई मात्र मस्जिद प्रवेश गर्न दिने छ। साथै मस्जिदभित्र मास्क अनिवार्य लगाउनुपर्ने छ । यस्तै मस्जिद प्रवेश गर्नेहरु ट्रेसिङ्ग एपबाट निगरानीमा रहनेछन्।साउदी अरबमा अहिलेसम्म ६७ प्रतिशत मानिसलाई कोरोना भाइरस विरुद्धको खोप लगाईसकिएको छ।