काठमाडौं । म्याग्दी–१ का स्वतन्त्र सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरणमा उनले आफ्नो आत्मकथा बिक्री गरेर कमाएको रकम पनि उल्लेख गरेका छन्।
महावीर पुनको मुख्य आम्दानी स्रोतको रूपमा उनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’लाई देखाएका छन् । विभिन्न रिपोर्टअनुसार हालसम्म २ लाख ५५ हजार प्रतिभन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन् ।
यसबाट १२ करोड रुपैयाँभन्दा बढी संकलन भएको उनी र उनका समर्थकहरूले बताएका छन्। यो पुस्तक नेपालको इतिहासमै सबैभन्दा बढी बिक्री भएको नेपाली किताबमध्ये एक बनेको छ ।
यो रकम उनी वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन र राष्ट्रिय आविष्कार केन्द्रका लागि खर्च गर्दै आएका छन्। कारखानामा हालसम्म करिब ३ करोड रुपैयाँ लगानी भइसकेको बताइन्छ।
कारखानाबाट १७ लाख रुपैयाँबराबरका कृषि औजार बिक्री भइसकेका छन् र ४२ जनालाई रोजगारी दिइएको छ। थप ५० जनालाई रोजगारी दिने योजना छ।
पुनले पोखराको थुलाकोटमा २८ रोपनी जग्गा रहेको उल्लेख छ ।