काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार भारी गिरावट आएको छ । आजको कारोबार बन्द हुँदासम्म नेप्से २६.१६ अंकले घटेर २,७७०.२६ विन्दुमा कायम भएको छ ।
दिनभरको उतारचढावका बीच कुल ३४९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर खरिदबिक्री भए । यसबाट ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।
बजारमा गिरावट आउँदा कारोबार भएका कम्पनीमध्ये २१३ वटाको सेयर मूल्य ओरालो लागेको छ भने ४२ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ । बाँकी १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।