इटहरी । इटहरी उपमहानगरपालिका– ५ मा स्कुटर दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
सोमबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २ प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित पल्टिँदा उराँव गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि धरानस्थित बिपी प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।