क्यानडामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु

न्युजलय १० जेठ २०७९, मङ्गलबार ०१:२१ मा प्रकाशित

काठमाडौं । क्यानडामा आँधीबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यानडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको छ ।

सो आँधीबाट आइतवार र सोमवार १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रतिघन्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरू पनि भत्किएका छन् ।

आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् । क्यानडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरू ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पुगेको छ । ​