नेपाली समाज बेलायतको अध्यक्षमा कमल राई र सचिवमा मिलन चन्द्र किरात

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०७:४९ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज बेलायतको अध्यक्षमा कमलप्रसाद थुलुङ राई निर्वाचित भएका छन् ।


आइतबार अल्डरशटको एम्पायर हलमा भएको नेपाली समाजको प्रथम महाधिवेशनबाट राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि नेपाली समाजका सहअध्यक्ष थिए ।


महाअधिवेशनबाट बल्लभ गुरुङ, हुमकुमारी गुरुङ, सुमित्रा राई, युमा लिम्बू र विजय लुम्फुङ्वा उपाध्यक्षमा निर्वाचित भएका छन् ।


तेस्तै गरि सचिवमा मिलनचन्द्र किरात, सहसचिवमा लीला सेलिङ माबो, कुमार घले र तेज माबो लिम्बू निर्वाचित भएका छन् ।


यसैगरी कोषाध्यक्षमा विनोदकुमार राई र सहकोषाध्यक्षमा धनकाजी गुरुङ र दिलसिंह मेन्याङबो लिम्बू निर्वाचित भएका छन् । तेस्तै गरि सदस्यहरुमा क्याप्टेन सुमनचन्द्र राई,राजेन्द्र नाल्बो,प्रश्ना राई,सुभचन्द्र राइ,टिका मादेन,बलबहादुर राई,चन्त वनेम,मैत लिम्बू,सन्तबिर नेम्बाङ लगायत निर्बाचित भएको छ।

नेपाली समाजमा २२ सदस्य र १३ पदाधिकारी गरी ३५ जना रहने व्यवस्था गरिएको छ ।


पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भर्चुअल रुपमा महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गरेका थिए ।


सो क्रममा उनले पार्टी निर्माण कार्यमा प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।


कार्यक्रममा भर्चुअल रुपमा पार्टीका केन्द्रीय सदस्य तथा प्रवास इन्चार्ज आङकाजी शेर्पा र लन्डनस्थित नेपाली दुतावासको कार्यवाहक राजदूत रोशन खनालले शुभकामना दिएका थिए ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भगवान चाम्लिङ, टेक थापा, संघिय परिषद सदस्य जंग सुनुवार ,समाजबादी विधार्थी युनियनका केन्दृय सचिव रामचन्द्र राई,एनआरएनए बेलायतकी पूर्वअध्यक्ष पुनम गुरुङ, होन्स्लोका मेयर विष्णुबहादुर गुरुङ, रस्मोर काउन्सिलर जीव बेलबासे, नेपाली समाज बेलायतका  राजनितीक समिती उपसम्योजक धर्म बहादुर तामाङ,राजनिती समिती सदस्य दशरथ राई,तमूधी बेलायतका अध्यक्ष हितकाजी गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतकी सभापति कोपिला लिम्बू, नेपाली जनप्रगतिशिल मन्चका अध्यक्ष मान बहादुर गुरुङ,आदिबासी जनजाती महासंघका अध्यक्ष कर्म पहाडी  लगायतको उपस्थित रहेको थियो ।