काठमाण्डौ । तालिवानले अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाएको छ।
अफगानी युवाहरुमा उक्त एपको नकरात्मक प्रभाव परेको भन्दै ती एपहरुमाथि प्रतिबन्ध लगाउन निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ।
संगीत, फिल्म र टेलिभिजन शोप ओपेराहरुमाथिको प्रतिबन्धपछि यो रोक लगाउन निर्देशन दिइएको हो।
तालिवानले पछिल्लो प्रतिबन्ध युवापुस्तालाई बहकिनबाट रोक्न लागू गरिएको दाबी गरेको छ। गत वर्ष सत्तामा आएपछि तालिवानले पहिलोपटक कुनै एप संचालनमा रोक लगाएको हो।
एपमाथि प्रतिबन्धको घोषणा भए पनि कहिले देखि उक्त प्रावधान कार्यान्वयनमा आउने र कहिलेसम्म लागू हुने भन्ने सार्वजनिक गरिएको छैन।